म सामान्यतया प्लेनको लामो यात्रामा विभिन्न साहित्य लेख्न मन पराउछु । आज नेपालगन्ज देखि काठमाडौं दिक्क लाग्दो एक घन्टामा गरेको एउटा सानो प्रयास :
हारी रहने रहर छ यो जिबनमा
जित्ने तिमी भैदिए
मृत्यु नै किन नरोज्थे होला
साथी तिमी भैदिए
सुनी रहने रहर छ यो जिबनमा
बोल्ने तिमी भैदिए
जति गाली गरे नि, किन चित्त दुखाउथे होला
रिसाउने तिमी भैदिए
अझै दु:ख पाउने रहर छ यो जिबनमा
सोध्ने तिमी भैदिए
घाउ कोट्याइ कोट्याइ, झन दुखाउथे होला
मल्हम तिमी भैदिए
माया गरि रहने रहर छ यो जिबनमा
माया पाउने तिमी भैदिए
मुटु काटी लगे नि, दुख्यो किन भन्थे होला
लाने तिमी भैदिए
मिति: २०७६/०५/२६
बेलुकीको ७:४०
बुद्ध एयरको प्लेन भित्र आकाशमा उड्दाउड्दै ।
हारी रहने रहर छ यो जिबनमा
जित्ने तिमी भैदिए
मृत्यु नै किन नरोज्थे होला
साथी तिमी भैदिए
सुनी रहने रहर छ यो जिबनमा
बोल्ने तिमी भैदिए
जति गाली गरे नि, किन चित्त दुखाउथे होला
रिसाउने तिमी भैदिए
अझै दु:ख पाउने रहर छ यो जिबनमा
सोध्ने तिमी भैदिए
घाउ कोट्याइ कोट्याइ, झन दुखाउथे होला
मल्हम तिमी भैदिए
माया गरि रहने रहर छ यो जिबनमा
माया पाउने तिमी भैदिए
मुटु काटी लगे नि, दुख्यो किन भन्थे होला
लाने तिमी भैदिए
मिति: २०७६/०५/२६
बेलुकीको ७:४०
बुद्ध एयरको प्लेन भित्र आकाशमा उड्दाउड्दै ।