कम्पनी दर्ता भए पश्चात कम्पनीले गर्नुपर्ने प्रमुख
कार्यहरु तथा पेश गर्नु पर्ने बिवरणहरु:
यो पनि पढ्नुहोस: NGO मा भ्याट, भ्रम, बास्तविकता र समस्याहरु
§
कम्पनी संस्थापना भए पश्चात ३ महिना भित्र
दफा १८४ बमोजिम कार्यालय स्थापनाको जानकारी
§
कम्पनी संस्थापना भएको आ.व. भित्र
शेयरधनीहरुले लिन कवुल गरेको शेयरको रकम दाखिला भए पछि शेयर बाँडफाँड गरी शेयर लगत
तयार गरी १ महिना भित्र पेश गर्नु पर्ने तथा संचालक समितिको गठन गर्नुपर्ने छ ।
§
संचालन समिति गठन भए पश्चात कम्पनी ऐनको
दफा ९२(३) को बिवरण र संचालक लगत तयार भएको ७ दिन भित्र पेश गर्नुपर्ने छ ।
§
कम्पनी संस्थापना भएको पहिलो पटकको लागि
एक बर्षभित्र बाषिर्क साधारण सभा गरी सक्नु पर्ने छ । सो पश्चात आ.व. समाप्त भएको
६ महिना भित्र हरेक बर्षबाषिर्क साधारण सभा गर्नु पर्ने छ । यसरी बाषिर्क साधारण
सभा भएको ३० दिन भित्र सो को बिवरण कार्यालयमा पेश गर्नु पर्ने छ ।
यो पनि पढ्नुहोस: करको कहर
§
कम्पनी ऐन२०६३ को दफा ५१(३) को बिवरण
प्रत्येक बर्षो बाषिर्क साधारण सभा हुनु भन्दा १ महिना अघि तयार गरी बाषिर्क
साधारण सभा भएको ३० दिन भित्र कार्यालयमा पेश गरी सक्नु पर्दछ । पब्लिक कम्पनीले
दफा ७८ बमोजिमको बिवरण पेश गर्नु पर्ने छ ।
§
कम्पनी संस्थापना भएको आ.व.को लागि संचालक
समितिले अडिटर नियुक्ति गर्ने । सो पश्चात प्रत्येक आ.व.को लागि बाषिर्क साधारण
सभाले अडिटर नियुक्ति गरी नीजको पारिश्रमिक निर्धारण गर्ने र नियुक्तीको जानकारी
१५ दिन भित्र कार्यालयलाई दिने ।
§
नियुक्त अडिटरबाट पेश भएको सम्वन्धीत
आ.व.को अडिट रिपोर्ट बाषिर्क साधारण सभाले अनुमोदन गरी पौष मसान्त भित्र पेश गर्ने
।
§
बाषिर्क साधारण सभाले सामान्यतया गत आ.व.
को अडिटरको रिपोर्ट अनुमोदन गर्ने, बाषिर्क नीति कार्यक्रम
अनुमोदन गर्ने, र आगामी आ.व.को लागि अडिटरको नियुक्ति गर्ने
।
§
प्रबन्धपत्र एंव नियमावलीको कुनै दफा वा
नियम संशोधन गर्नु परे साधारण सभा/ बिशेष साधारण सभाबाट बिशेष प्रस्ताव पारित गरी
गर्नु पर्ने छ र ३० दिन भित्र पेश गर्नु पर्ने छ ।
§
एकल शेयरधनी भएको कम्पनीको हकमा एकल
निर्णयले मात्र माथिका व्यवस्थाहरु कार्यान्वयन गर्न सकिने छ ।
§
माथि उल्लेखित जस्ता बिवरणहरु समयमा नै
तयार गरी तोकिएको समय भित्र कार्यालयमा पेश नगरे ऐनको दफा ८१ बमोजिमको जरिवाना
लाग्ने छ ।
यो पनि पढ्नुहोस: NGO मा भ्याट, भ्रम, बास्तविकता र समस्याहरु