करिब
तिन बर्ष अघिको घुम्ने रहर नै पुरा नगरि काठमाण्डौं फर्कनुपरेको कारणले खोटाङ घुम्ने कुरो मेरो रहर मा नै सिमित भईरहेको थियो । यसपाली त्यस्तै समय मिलाएर
खोटाङ पुग्दा त्यहा निकै नै धेरै फरक पाइयो । खोटाङ त नेपालको पहाडि जिल्लाको एक प्रतिनिधि क्षेत्रमात्र हो । अहिले नेपालका
पहाडि जिल्ला घुम्दा नेपालका धेरै पहाडी जिल्ला घुमेको पुरानो अनुभबलाई दिमागको
हार्डडिस्कबाट सधैको लागि मेटिदिए फरक नपर्ने भएछ अर्थात पुराना अनुभबहरु त यसरी
परिबर्तन भएछन कि तिनिहरु त अब कथा सुनाउन मात्र लायक भएछन । सबै कुरा नयाँ भएछन्, पहाडको पुरानो अबस्था त अब दन्त्य कथा भन्दा बढि केहि रहेनछ ।
एक हिसाबले मलाई यस्तो परिबर्तन देख्दा खुसी पनि लाग्यो, पहाडका मान्छेले मात्र दुःख पाउनु भनेको छ र ? तीनले पनि परिबर्तनको अनुभब गर्न पाउनुपर्छ भन्ने सोचले हेर्दा मन आनन्दित
हुन्छ । अर्को तर्फ पुरानो संस्कृति, रहनसहन लगायतका
कुराहरु मेटिएर नयाँ मात्र भए, पुरानो त पहाडमा पनि
संरक्षित नहुने भो नि हैन र ? तर मेरो निष्कर्षमा
हेर्दा पहाडमा बोक्रे परिबर्तन मात्र भएको छ ‘गुदि’ नै परिबर्तन भएको छैन । यसपाली मैले खोटाङ जादा देखेका रमाइला 'बोक्रे' परिबर्तन अर्थात मुख्य चाहिने कुरो दिगो रुपमा परिबर्तन नभई देखावटी परिबर्तन मात्र भएका छन् जसलाई हामी बिकाश भनेर अहिले सम्म बुझिरहेका छौं ।
यसपाली खोटाङ्मा अचम्म नै अनुभब गरियो । नेपाल बिकाश हुन
लागेको हो कि उधो मैले अहिलेसम्म छुट्टाउन सकेको छैन । हामीले एक रात बिताएको
हलेसीस्थान भन्ने गा.बि.स.मा पानीको हाहाकार रहेछ । निकै तलबाट माथि बजारसम्म पानी
बोकेर लग्नुपर्दो रहेछ त्यो नि निकै लामो लाइन बसेर । त्यो ठाउमा पानी नपाए नि नाम
चलेका रक्सी बियरहरु जति पनि पाइदो रहेछ । त्यस ठाँउ मात्र होइन, पहाडको लामो यात्रा गर्दा जहा पनि प्रशस्त मात्रामा रक्सि बियरहरु पाइदो
रहेछ त्यो नि छानीछानी ।
तिन बर्ष अघि पनि यति औधि मात्रामा बियर, रक्सीको कारोबार सो ठाँउहरुमा देखेको थिइन । तर अचम्म नै पर्ने गरि यसपाली
रक्सीको कारोबार देखियो । बरु काठमाण्डौमा जताततै रक्सि पाइदैन तर त्यहा जुनसुकै
पसलमा रक्सि किन्न पाइन्छ त्यो नि काठमाण्डौ कै हाराहारीको खुद्रा मुल्यमा । पहिले
त लोकल रक्सि बिक्थ्यो, तर अहिले त लोकल रक्सि एकादेशको
कथा हुन लागेछ, आफ्नो जातजातीको पुजा गर्नलाई मात्र ।
त्यसको सबै बजार काठमाण्डौबाट पुर्याइएका ब्राण्डेड रक्सिले खाइदिएछन ।
मध्य पहाडि लोकमार्ग VS
बि पी राजमार्ग
मेडियामा एकदमै छाइरहने दुई राजमार्गहरु नेपाल सरकारले
बनाएको मध्य पहाडी लोकमार्ग र जापानले बनाइदिएको बिपि राजमार्ग । यी दुबै मार्गमा
लामो यात्रा गरियो । दुइवटै गजब बनेका रहेछन । ती दुबैलाई नजिकबाट नियाल्न पाइयो ।
जापानले बनाई दिएको मार्ग हेर्दा एकदमै आकर्षक र छेउछाउको बाताबरणलाई सुरक्षा
गर्दै बनाइएको र घुमउरो भएनि सुरक्षित रहेछ । यो त निकै नै दह्रो तरिकाले बनाइएको
रहेछ । तर मध्य पहाडी लोकमार्गमा यो तिनवटै कुरा छैन, न त्यो देख्दा आकर्षक छ न त दह्रो न त सुरक्षित नै । एकदमै टालटुले
तरिकाले काम गरिएको रहेछ । कहिले पहिरो झर्ने हो र सडक भत्किने हो थाहा छैन ।
जापानले त्यो बाटो हामीलाई निःशुल्क त बनाइदियो तर त्यो
अहिले निल्नु न ओकल्नु भएको रहेछ । न दुईवटा गाडि सजिलै कट्छन न लामो गाडि तथा
मालबाहक त्यो बाटो भएर यात्रा गर्न सक्छन यो त केबल म्युजियममा राख्ने खालको एकदमै
चिटिक्क परेको बाटो मात्र भयो । केबल हेरेर मन सन्तुष्टि गर्ने । तर नेपाल सरकारले
लगानी गरेको मध्य पहाडी लोकमार्ग भने अलि ठुलो छ, दुईवटा गाडिहरु
सजिलै आवत जावत गर्न सक्छन । पुल पनि ठुलो छ, र बटुवा
हिड्ने ठाउ नि छुट्टाएको छ । तर यो बाटो कालोपत्रे गरिएको बाहेक सडकमा आबश्यक केहि
कुरा नि छैन । यसमा गर्ने यात्रा एकदमै असुरक्षित छ ।
यसरी यी दुई बाटोको तुलना गर्दा, नेपालमा न त बिदेशीले नेपालको आबश्यकता बुझेर काम गर्दा रहेछन न त सरकारले
जनताको सुरक्षा हेरेर राम्रो र दह्रो काम गर्दो रहेछ । जसो गरे नि स्वदेशी वा
बिदेशी लगानी बालुवामा पानी जस्तै गरि पोखिरहेको रहेछ, बिना
कुनै उचित प्रतिफल ।
गरिखान भन्दा ठगिखान सिकाएछन
म खोटाङ गएको समय सरस्वती पुजाभन्दा केहि दिन अघि थियो ।
जादाँ कुनै पनि बिद्यालयको नजिक गाडि पुग्यो कि बिद्यार्थीको समुहले गाडी रोकि
सरस्वती पुजाको लागि चन्दा भन्दै उठाइरहेका थिए । कुनै एउटा गाडिले कम्तीमा पनि
हलेसीसम्म पुग्दा ७ ठाँउभन्दा बढि ठाँउमा चन्दा बुझाउनु पर्ने ।
एक ठाँउमा हामी चढेको गाडिको चालक दिक्क भई पैसा दिन्न
भन्दा राम्ररी सिगान पनि पुछ्न पनि नजान्ने बिद्यार्थीहरु धम्कीको भाषामा त्यसोभए
यो गाडि अघि बढ््दैन भन्न थाले । अनि मैले त्यहा भए मध्येका अलि ठुला
बिद्यार्थीलाई सोधे, 'बाबु यसरी पैसा उठाएर सरस्वती पुजा
गर्यो भने पढ्न आउछ हो ?' उसले टाउको कन्याउदै जवाफ
दियो ‘खोई‘ सरले हामीलाई त
अह्राउनु भएको हो पैसा उठाउनलाई । त्यसपछि चालक झन रिसाए को हो अह्राउने सर, यहा बोला म कुरो गर्छु भन्न थाले त्यसपछि बिद्यार्थीले डराउदै अबरोध हटाएर
गाडि जान दिए । त्यसपछि मैले चालकसँग जिज्ञासा राखेँ, यीनले
अहिलेमात्र यसरी अबरोध गरेका कि अरुबेला नि यस्तै हो ? मेरो प्रश्न झर्न नपाउदै रिसाएका चालकले भने, यस्तै
हो हजुर बाह्रै महिना गाडिमा त पैसै फल्छ जस्तो गर्छन, यहा
बहाना मात्र चाहिन्छ पैसा उठाउन रोक्न थालिहाल्छन । मैले सोधे किन दिनुहुन्छ त ? उनी भन्छन, नदिएर के गर्नु ? गाडि जान दिन्नन, त्यस्तै परे गाडिमा नै क्षति
पुर्याउछन् । त्यो भन्दा त बरु अलिअलि पैसा दियो आफ्नो बाटो लाग्यो, आज चाहि अलि अति नै भएर म रिसाएको ।
हाम्रो कस्तो सस्कार हो, चन्दा उठाएर
देउता पुजा गरे बिद्या आउने नत्र नआउने । अरुलाई दुख नदिई आफुलाई सुख हुन्न भन्ने
गलत मानसिकताबाट हामी कति ग्रसित रहेछौ यहिबाट नि प्रमाणित हुन्छ । पुजा गर्न पैसै
चाहिएपनि ती बिद्यार्थीलाई कुनै सिर्जनसिल कार्यमा लगाएर त्यसबाट आएको पैसाले पुजा
गरे त देउता पनि खुसी हुन्थे होला नि । त्यसो गर्दा पैसा कमाउन निकै गाह्रो हुदो
रहेछ, काम नगरि पैसा कमाउन सकिदैन रहेछ भन्ने कुरा त ती
अबोध कलिला बालबालिकाको दिमागमा छाप बनेर बस्थ्यो नि । एउटा डोरी टाँगेर थर्काएको
भरमा पैसा कमाउन सकिने कुरा ती अबोधको दिमागमा परेपछि तीनले भबिस्यमा के गर्लान ? तीनले कुनै दिन दुख गरेर पैसा कमाउने सोच राख्लान त ? त्यसैले त भनिन्छ, नेपालमा सबैले ठगि खान त
सिकाए तर गरिखान कसैले सिकाएन ।
धेरै बिकाश भएछ तर 'गुदी' बिनाको
लगभग दुई बर्ष अघि अर्को पहाडि जिल्लाको भ्रमणमा जादा, मैले होटलवालालाई अनुरोध गरेको थिए कति पैसा लिनुहुन्छ म दिन्छु मलाई
राम्रो बस्ने कोठाको ब्यबस्था गरिदिनु । मैले त्यसो भन्दा कोठा त्यहि हो यहा खाना
खानुपर्छ कोठाको पैसा तिनुपर्दैन । कोठाको पनि के पैसा लिनु भनेर होटलवालाले
उडुसले टोक्ने खाटमा मलाई सुत्ने व्यवस्था गरेका थिए, रातभर उडुसले
टोकेर हैरान भएको म पहाडमा बस्ने भन्ने बित्तिकै त्यो क्षणले त्रसित हुन्थे ।
यसपाली पनि कोठा हेर्न जानुअघि उडुस लाग्छ कि लाग्दैन भनेर होटलवालालाई केरकार
गर्दा, लाग्दैन भनेपछि कोठामा बसियो । अब पैसा
तिर्छु भन्दा त्यस्तो उडुस नलाग्ने खाटमा सुत्न पाइने भएछ । यसपाली अर्को
कुरा नि के अनुभब गरियो भने, अब पहाडी क्षेत्रमा
ब्यापारिक सोच सुरु भएछ । धेरै होटल, लजहरु खुलेछन, ब्यापरिक केन्द्रहरुमा मान्छेको चहलपहल बढ्न थालेछ, जिबन शैलि परिबर्तन भएछ । यो पनि बिकाशको शुभ संकेत हो ।
यस्ता धेरै क्षेत्रहरुमा ब्यापारिक सोचले त्यस क्षेत्र
छिट्टै बिकाश हुन्छ । तर पहाडको बिकाशमा मैले ‘गुदि’ बिनाको खोक्रो बिकाश मात्र देखे । मान्छेले ठाँउ अनुसारको पो बिकाश
खोज्नुपर्दछ त । त्यहा बाइक करिब घरैपच्छे हुन थालेछन् । तर ती बाइकको मुख्य काम
भनेको पानी बोक्ने र दिसा पिसाब गर्नलाई जंगल जाने । तराईमा मोटरसाइकल चढे भनेर
पहाडको पनि बाटो नपुगेको ठाँउका घरले पनि मोटरसाइकल किन्ने त प्रतिस्पर्धा नै चलेको
रहेछ । पल्सर २२० सिसि, भि आर बाइकमा पानी बोकेर र
ट्वाइलेट गएर बिकाश खोज्दा कस्तो बिकाश पाइएला ? मैले त अनुमान नै गर्न सकिन । त्यत्रो बाइक, प्रेट्रोल
खर्च गरेर पानीको र चर्पीको समाधान निकाल्नुभन्दा अन्य बिकल्प लगाएको भए निकै
सस्तोमा स्थाइत्व दिने प्रकारको बिकाश आउथ्यो होला नि ।
बिकाश भनेको त जिबनस्तर उकास्ने र अलिकति भए नि आरामको
जिन्दगी बिताउने माध्यम हो । युवा गाउमा भेट्नै मुस्किल भएछ, भएका मध्येको अधिकाशको काम भनेको गाउमा गुण्डागर्दि गर्ने र दादागिरि
मच्चाउने रहेछ । काम गर्ने भनेको कि त बुढाबुढी, महिला
र केटाकेटी मात्र रहेछन । यसरी हेर्दा जति बिकाश गाँउमा पुगे पनि ती केटाकेटी, महिला र बुढाबुढीको दैनिकी एकदमै कष्टपुर्ण हुदै गइरहेको रहेछ । यसलाई
बोक्रे बिकाश नभनेर कसरी गुदी भएको बिकाश मान्नु ?