हारी रहने रहर छ यो जिबनमा
जित्ने तिमी भैदिए
मृत्यु नै किन नरोज्थे होला
साथी तिमी भैदिए
Welcome to my Blogs :-) शेष दाहालको ब्लगमा स्वागत छ :-)
आयकर ऐन, २०५८ अनुसार बार्षिक सात हजार पाँच सय भन्दा बढिको कर दायित्व भएका करदाताले
आफ्नो व्यबसाय वा लगानीबाट हुने कुल आय तथा करयोग्य आय खुलाई आफ्नो अनुमानित कर
विवरण पौष मसान्त भित्र बुझाउनु पर्दछ । रोजगारीबाट आय हुने वा व्यवसाय नोक्सानीमा भएका करदाताले
कानुनतः अनुमानित कर विवरण बुझाउनु पर्दैन ।
कानूनतः अनुमानित कर विवरणको आधारमा करदाताले आफुले
बुझाउनुपर्ने किस्ताबन्दिमा कर दाखिला गर्नुपर्दछ । उदाहरणको लागि, कुनै करदाताले करयोग्य आय एक लाख देखायो
भने त्यसको चालिस प्रतिसतले हुने रकम अर्थात चालिस हजार पौष मसान्त भित्र बुझाउनु
पर्दछ । यदि आफ्नो अनुमानित कारोबारमा परिबर्तन हुने भएमा कानूनतः फेरी परिबर्तित
अनुमानित कर विवरण बुझाउनु पर्दछ तर व्यबहारमा यो परिबर्तित विवरण बुझाउने चलन
खासै छैन ।
अनुमानित कर विवरण नबुझाएमा कर अधिकृतले रु. ५००० वा कारोबार रकमको ०.०१ प्रतिशतमा जुन बढी हुन्छ सो जरीवाना गर्न सक्दछ । हाल यो जरीवाना गर्न कर कार्यालयहरुले कडाई गर्दै लगेका छन् ।
अहिले आन्तरिक राजस्व विभागले अनुमानित कर विवरण
अनलाईनबाटै बुझ्ने व्यबस्था गरेको छ । अनलाईनबाट विवरण बुझाउने तरिका विस्तृतमा तल
प्रस्तुत गरिएको छ ।
सबै भन्दा पहिले, आन्तरिक राजस्व बिभागको वेबसाइटमा जानुहोस । तलको जस्तो पेज देख्नुहुन्छ । त्यसपछि, तल निलो घेरा लगाएको करदाता पोर्टलमा क्लिक गर्नुहोस ।
|